माधव नेपालले भने- घनश्याम हामीसँग आउन तयार छन्, भीम रावलले भोलि बसौं भनेका छन् – Nepal Press

माधव नेपालले भने- घनश्याम हामीसँग आउन तयार छन्, भीम रावलले भोलि बसौं भनेका छन्

‘प्रचण्ड सरकारलाई विश्वासको मत दिने’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी बनाउने आँट अझै कायमै रहेको भन्दै निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरुसँग आज जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धेरै साथीहरु पार्टीमा जोडिने कुरा आएको बताए ।

उनले घनश्याम भुसाल नेकपा एसमा समाहित हुन तयार रहेको र भीम रावलले भोलि बसौं भनेको भन्दै वामदेव गौतम पनि सकारात्मक रहेको बताए । नेता नेपालले एमाले अध्यक्ष केपी ओलीसँग संवाद हुने संकेत पनि गरेका छन् । उनले प्रचण्ड सरकारलाई विश्वासको मत दिने बताए ।

नेपालले भने– साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्ने छौँ । पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौँ भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।

सरकारमा जानेबारेमा नेपाल आशावादी देखिएको बैठकमा सहभागी एक नेताले बताए । अहिले माधव नेपाल र झलनाथ खनालले सुझाव लिइरहेका छन् । अधिकांशले पार्टी एकता नै गर्ने भए एमालेसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर