नेकपा एसका प्रवक्ता भन्छन्- कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन – Nepal Press

नेकपा एसका प्रवक्ता भन्छन्- कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन् । नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले बजार हल्लाको भ्रममा नपर्न भनेका छन् ।

उनले बिहीबार वक्तव्यमार्फत पार्टी सुदृढिकरणको योजना बनाइरहेको भन्दै तत्कामलै पार्टीका बैठकहरु आयोजना हुने बताएका छन् । उनले प्रचण्ड नेतृत्वकाे सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीले निर्णय नगरेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर