सरकारी निवास सरे रवि, सलामीमा ‘पिर्का’ खारेज ! (तस्बिरहरू) – Nepal Press

सरकारी निवास सरे रवि, सलामीमा ‘पिर्का’ खारेज ! (तस्बिरहरू)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् ।

रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘मन्त्रीज्यूकै आग्रहअनुसार पिर्का नराखिएको हो,’ उनले भने ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर