एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन – Nepal Press

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जे.एन) थपलिया चयन भएका छन् ।

चितवन क्षेत्र नम्बर १(१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर