गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू शीतल निवास जाँदै – Nepal Press

गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू शीतल निवास जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शीतल निवास जाँदैछन्।

सत्ता गठबन्धनको बैठक लगत्तै महान्यायाधिवक्ताको दिनमणि पोखरेलको शपथ ग्रहण कार्यक्रमका लागि शीर्ष नेताहरू शीतल निवास जान लागेका हुन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई बुधवार महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका शीर्ष नेताहरू शीतल निवास जान लागेका हुन्। अहिले बालुवाटारमा गठबन्धनको बैठक जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर