अर्थमन्त्रीबाट समस्या समाधानको आश्वासन पाएसँगै उद्योगी व्यवसायीद्वारा आन्दोलन स्थगित (भिडिओ) – Nepal Press

अर्थमन्त्रीबाट समस्या समाधानको आश्वासन पाएसँगै उद्योगी व्यवसायीद्वारा आन्दोलन स्थगित (भिडिओ)

काठमाडौं । सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफलका क्रममा आफुहरुको समस्या समाधान गर्ने प्रतिबद्धता आएकाले आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले अर्थमन्त्रीबाट छिटो भन्दा छिटो आफुहरुको समस्या समाधानको प्रतिवद्धता आएको बताए । ब्याज भुक्तानी तिर्ने समय थप गर्ने, पुर्नकर्जाका बिषयमा आवश्यक निर्णय गर्ने लगायतका प्रतिबद्धता अर्थमन्त्रीले गरेको उनले जानकारी दिए । उनले सरकारले आफुहरुसंग गरेका प्रतिवद्धताहरु पुरा हुने विश्वास व्यक्त गर्दै आन्दोलनका कार्यक्रमहरु स्थगीत गरिएको बताए ।

त्यस्तै, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्रीले माग पूरा गर्ने आश्वासन दिएकै कारण आन्दोलनका कार्यक्रम स्थगित र अब फेरी आन्दोलन गर्नुपर्ने अवस्था आउन दिन नहुने जिकिर गरे ।

बिभिन्न माग अघि सार्दै मोरङ, पर्सा, भैरहवा, नेपालगंज लगाएतका उद्योग वाणिज्य संघले आन्दोलन गर्दै आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *