लुम्बिनी प्रदेश प्रमुखले बोलाए १८ पुसमा अधिवेशन – Nepal Press

लुम्बिनी प्रदेश प्रमुखले बोलाए १८ पुसमा अधिवेशन

रुपन्देही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आव्हान गरेका छन् ।

प्रदेश प्रमुख अमिककुमार शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जनाएका छन् ।

अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक त्यहाँ अधिवेशन हुन लागेको हो । लुम्बिनी प्रदेश ८७ जना सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर