नेपाललाई भेटेपछि वामदेवले भने- प्रचण्डले नेकपा एसलाई सरकारमा लैजानुपर्छ (भिडिओ) – Nepal Press

नेपाललाई भेटेपछि वामदेवले भने- प्रचण्डले नेकपा एसलाई सरकारमा लैजानुपर्छ (भिडिओ)

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टी एकताका लागि अभियान बनाएका वामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।

मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा नेपालसँग छलफल गर्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई सुझाव दिएका छन् ।

छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भूल हुने जिकिर गरे । प्रचण्डले समाजवादीसँग सम्मानजनक छलफल नगरी एक्लै एमालेसँग मिल्न जानु आलोचनाको विषय भएको गौतमको भनाई छ ।

उनले प्रचण्डले नेपाललाई बोलाएर सरकारमा लैजानुपर्ने जिकिर गरे । गौतमले नेपाल कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने निष्कर्ष निकालिएको जानकारी दिए । छलफलका क्रममा अध्यक्ष नेपालले बिकसित घटनाक्रममा बिषयमा पार्टीमा छलफल भइरहेको र आवश्यक निष्कर्ष निकालिने बताएका थिए ।

प्रतिक्रिया

One thought on “नेपाललाई भेटेपछि वामदेवले भने- प्रचण्डले नेकपा एसलाई सरकारमा लैजानुपर्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर