धर्मेन्द्र बाँस्तोला भन्छन्- आत्मालोचना गरे विप्लवसँग सहकार्य गर्न तयार छौं (भिडि‌ओ) – Nepal Press

धर्मेन्द्र बाँस्तोला भन्छन्- आत्मालोचना गरे विप्लवसँग सहकार्य गर्न तयार छौं (भिडि‌ओ)

काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्माआलोचना गरे विप्लवसँग सहकार्य हुन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण विप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

तर अहिलेको अवस्थामा विप्लवले आत्मआलोचना गर्ने नदेखिएको उनको भनाइ छ । त्यस्तै बास्तोलाले हालैसम्पन्न निर्वाचनबाट संसदीय व्यवस्थामाथि जनताको असन्तुष्टि देखिएको बताए ।

उनले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जननिर्वाचित न्यायलयको व्यवस्थालाई अंगाल्नुपर्ने उनाको भनाइ छ ।

बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफुहरुको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने बिषय प्रमुख भएको बताए । दलाल पूजीबादी व्यवस्था रहेसम्म जनताको हित नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर