महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत
नेपाल प्रेस
२०७९ पुष १२ गते १६:४४
काठमाडौं । महान्यायाधिवक्ताबाट राजीनामा दिएका खम्म बहादुर खातीको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि नै लागू हुनेगरी खातीको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था छ ।
प्रतिक्रिया
एकदमै विवादास्पद कार्यकाल ।