सौन्दर्य व्यवसायी सुष्माको नजर- पहिरनमा स्वस्तिमा पर्फेक्ट, राम्रीमा करुणा – Nepal Press

सौन्दर्य व्यवसायी सुष्माको नजर- पहिरनमा स्वस्तिमा पर्फेक्ट, राम्रीमा करुणा

काठमाडौं । नेपाली फिल्मका कलाकारहरुको पहिरनप्रति आम मानिसको चासो हुन्छ । यसैले, कलाकारहरु सार्वजनिक कार्यक्रममा उत्कृष्ट र फरक पहिरनमा देखिन चाहन्छन् । आम मानिसको रोजाइमा ड्रेस र मेकअपको मामलामा कलाकारहरुको नाम पनि फरक फरक रहन्छ ।

१५ वर्षदेखि सौन्दर्य व्यवसायमा व्यस्त फेसियल हाउसकी संचालक सुष्मा महरा पहिरनको मामालामा नायिका स्वस्तिमा खड्का सबैभन्दा अगाडि रहेको बताउँछिन् । फेसियल हाउसको १५ औं वार्षिकोत्सवमा मिडियासँग कुरा गर्दै सुष्माले भनिन्- हामी यही क्षेत्रमा काम गर्ने भएकाले पहिरन र मेकअपमा कसले बढी ध्यान दिएको छ भन्ने थाहा पाउँछौं । यो कुरामा मलाई स्वस्तिमा खड्का अब्बल लाग्छ । मैले उनीसँग काम त गरेको छैन, तर झट्ट हेर्दा पनि थाहा भइहाल्ने कुरा हो यो ।

मेकअपमा मोडल तथा नायिका करुणा श्रेष्ठ अगाडि रहेको उनको तर्क छ । सुष्माले भनिन्- करुणा श्रेष्ठलाई धेरै मेकअप नै गर्न पर्दैन । थोरै मेकअपमा नै उनी निक्कै राम्रो देखिन्छिन् । उनको मैले कैयौं पटक मेकअप गरेकी छु । उनको थोरै मेकअपमा पनि चाडै खुल्छ । उनको हाइटदेखि सुन्दरता पनि साह्रै राम्रो छ । भोलीको दिनमा हेर्ने हो भने पनि करुणाको भविष्य म उज्ज्वल देख्छु ।’

सुष्माले सौन्दर्य व्यवसायमा प्रतिस्पर्धा हुनु राम्रो भएको बताइन् । उनले भनिन्- जति जति प्रतिस्पर्धा हुँदै जान्छ, उती नै सबैलाई राम्रो गरौं भन्ने हुन्छ । यसैले, मलाई त प्रतिस्पर्धा भएको निक्कै मनपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *