कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारीमा सुवेदी
नेपाल प्रेस
२०७९ पुष १२ गते ९:२८
काठमाडौं । अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैङ्कको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैङ्कमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।
बैङ्कको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो ।
बैङ्कको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर