यस्तो बन्यो प्रचण्डको प्रारम्भिक टीम, तीनवटा बाहेक मन्त्रालय भागबण्डा बाँकी – Nepal Press

यस्तो बन्यो प्रचण्डको प्रारम्भिक टीम, तीनवटा बाहेक मन्त्रालय भागबण्डा बाँकी

काठमाडौं । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिइसकेका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।

प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

८ सदस्यीय मन्त्रिपरिषद्‍मा एमालेका राजेन्द्र राई र जनमतका अब्दुल भने पहिलोपटक मन्त्री भएका हुन् ।

यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर