शीतल निवासमा प्रचण्डसँगै बसे देउवा, ओली-माधव पनि सँगसँगै – Nepal Press

शीतल निवासमा प्रचण्डसँगै बसे देउवा, ओली-माधव पनि सँगसँगै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना लगायत प्रमुख दलका शीर्ष नेताहरु शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचन्डको सपथ ग्रहण कार्यक्रममाशीतल निवासमा भइरहेको शपथ ग्रहणमा पछिल्लो गठबन्धनका प्रधानमन्त्री देउवा सहभागी भएका हुन्।

शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि पुगेका छन् । एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपाल सँगै बसेका छन् । पार्टी विभाजन भएसँगै उनीहरु सँगै देखिएका थिएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर