शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण (लाइभ) – Nepal Press

शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण (लाइभ)

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिएका छन् । सात दल र केही स्वतन्त्रसहित १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् । प्रचण्ड शपथका लागि दौरा सुरुवाल लगाएर पुगेका छन् । यसअघि दुईपटक प्रधानमन्त्री बनेका प्रचण्डले सर्ट पाइन्ट र कोटमा शपथ लिएका थिए ।

एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछानेले प्रधानमन्त्रीसँगै शपथ लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर