उपपधानमन्त्री र गृहमन्त्रीमा मेरो दावी छ, निर्णय प्रधानमन्त्रीले गर्नुहुन्छः रवि लामिछाने (भिडिओ) – Nepal Press

उपपधानमन्त्री र गृहमन्त्रीमा मेरो दावी छ, निर्णय प्रधानमन्त्रीले गर्नुहुन्छः रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दावी गरेका छन् । आज बसेको सत्तारुढ गठबन्धनको बठकपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको बताए ।

राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबण्डाबारे निर्णय नभएको रविको भनाइ छ ।

तपाईंले उपप्रधानसहित गृह मन्त्रालयमा दावी गर्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा रवि केहीबेर अक्मकिएका थिए । त्यसपछि उनले हाँस्दै भने, ‘मेरो गृहमा दावी हो ।’

उनले आफूले गरेको दावीबारे निर्णय लिने अधिकार प्रधानमन्त्रीसँग रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर