जाँदाजाँदै जनार्दनले भने- राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेँ – Nepal Press

जाँदाजाँदै जनार्दनले भने- राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेँ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेको बताएका छन् ।

सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले मन्त्री भएपछि राष्ट्र बैंक र मन्त्रालयलाई राम्ररी बुझ्ने अवसर पाएको अनुभव सुनाए ।

‘मैले अर्थमन्त्रालय सम्हालेपछि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई राम्रोसँग बुझ्ने अवसर पाएँ । उनले अर्थमन्त्री भएपछि सरकार कसरी चलाउने ? देशको आम्दानी र खर्च, ऋण लिने प्रकृया, वैदेशिक सहायताका बारेमा धेरै कुरा बुझेको पनि बताए ।

प्रतिक्रिया

One thought on “जाँदाजाँदै जनार्दनले भने- राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेँ

  1. बुझ्न त बुझ्यौ तर कति करोड कि अरबमा बझ्यौ ? हुन त तिमीलाई बुझाउने उमेर र आर्जु पनि थिए । प्रचण्ड त छँदै थिए ।
    सुपारी बुझ्यौ, सेनिटरी प्याड बुझ्यौ, आयात प्रतिबन्ध र फुकुवा बुझ्यौ, गाडी बझ्यौ, सबै भन्दा धेरै त विनोद चौधरीहरूलाई पनि बुझ्यौ । साँच्चै अझै कति बुझ्यौ बुझ्यौ । तर के गर्नु तिम्रो क्षेत्रका जनताले कहिल्यै नबुझ्ने रहेछन् …..
    अब फेरी मन्त्री हुन प्रचण्डसँग रोइलो नगर्नु । ३ पुस्तालाई जोडियो नै । लौ आफ्नो ख्याल गर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *