प्रदेश १ का ९२ सांसदले लिए शपथ – Nepal Press

प्रदेश १ का ९२ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का प्रदेश सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुखसङ शपथ लिएपछि मण्डलले अरू ९२ जना प्रदेश सभा सदस्यको शपथ गराएका हुन ।

प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले शपथग्रहण गराएका थिए ।

प्रदेश प्रमुख खापुङबाट शपथ ग्रहण गरेपछि उनले ९२ जना प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । प्रदेशसभामा ९३ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर