सातदलीय गठबन्धनको बैठक बस्दै : ‘पावर शेयरिङ’ प्याकेजमै टुंग्याउने तयारी – Nepal Press

सातदलीय गठबन्धनको बैठक बस्दै : ‘पावर शेयरिङ’ प्याकेजमै टुंग्याउने तयारी

काठमाडौं । एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बोलाइएको छ ।

दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेता जुट्न लागेका हुन् ।

एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

गठबन्धनमा ‘पावर शेयरिङ’ टुंग्याउन बाँकी छ । आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी-एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।

अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशसम्म प्याकेजमा सहमतिको प्रयासमा गठबन्धनका दलहरू लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर