प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने: अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् – Nepal Press

प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने: अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिएका छन्।

उनले प्रचण्डलाई बधाई दिँदै ट्वीटरमा लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् ।’

सत्ता गठबन्धनबाट कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नमानेपछि प्रचण्ड बालकोट पुगेका थिए ।

उनले प्रचण्डलाई बधाई दिँदै अतिले खति गर्छ भन्ने कुरा कांग्रेस नेतृत्वले बुझ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर