बालकोट पुगेका सिके राउतले भने : बैठकमा बसेपछि सरकारमा सहभागीबारे थाहा हुन्छ – Nepal Press

बालकोट पुगेका सिके राउतले भने : बैठकमा बसेपछि सरकारमा सहभागीबारे थाहा हुन्छ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारमा सहभागीताबारे बैठकमा बसेपछि थाहा हुने बताएका छन् ।

एमाले अध्यक्ष ओली निवासमा अहिले माओवादी, रास्वपा, राप्रपासहितका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा सहभागी हुन बालकोट पुगेका अध्यक्ष राउतले भने, ‘हाम्रो जे कुरा छ त्यो राखिरहेका छौँ । उहाँहरुले यहाँ मलाई बोलाएपछि कुरा बुझ्न आएको हुँ । हामीबिना सरकार बन्नै नसक्ने अवस्था पनि होइन । तर, हाम्रो एजेण्डा मिल्यो भनेर सरकार जान्छौँ। समर्थन र सहभागीताबारे भित्र गएपछि मात्रै थाहा हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर