प्रदेश १ मा ५ जना सांसदले लिम्बू भाषामा सपथ लिने
विराटनगर । प्रदेश १ मा ५ जना सांसदले मातृ भाषामा सपथ लिने भएका छन् । मातृ भाषामा सपथ लिने भन्दै ५ जना सांसदले निवेदन दिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।
उनीहरुले मातृभाषा (यक्थुङ र लिम्बू) मा सपथ लिने पराजुलीले जानकारी दिए । मातृ भषामा सपथ लिनेमध्ये २ जना एकीकृत समाजवादी र एकएक जना माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य रहेका छन् ।
मातृ भाषामा सपथ लिनेहरुमा माओवादी केन्द्रका ईन्द्रबहादुर आङवो, नेकपा एकीकृत समाजवादीका खिनु लङवा लिम्बू र कमलप्रसाद जवेगु रहेका छन । यस्तै नेपाली कांग्रेसका खगेन सिं हाङगाम रजनता समाजवादीकी समानुपातिक सांसद निर्मला लिम्बूले मातृ भाषामा सपथ लिनेछन् ।