बालुवाटारबाट बाहिरिए प्रचण्ड, माधव-झलनाथसँग देउवाको छलफल जारी – Nepal Press

बालुवाटारबाट बाहिरिए प्रचण्ड, माधव-झलनाथसँग देउवाको छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेर बालुवाटार पुगेका प्रचण्ड बैठकबाट बाहिरिएका हुन्।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडानमा छ। प्रचण्ड बाहिरिएपछि नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री देउवासँग छलफलमै छन्।

बैठकमा देउवालाई प्रचण्ड-माधवले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक/एक जनालाई बाँड्न प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर