देउवा-प्रचण्डको छलफलमा माधव नेपालको इन्ट्री – Nepal Press

देउवा-प्रचण्डको छलफलमा माधव नेपालको इन्ट्री

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भइरहेको छलफलमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि मिसिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधीले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने बताएका थिए । निधीको भनाइपछि निर्णायक छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया

One thought on “देउवा-प्रचण्डको छलफलमा माधव नेपालको इन्ट्री

  1. यी तिनैजना स्वार्थी र विदेशीका आदेशपालक हुन् । अहिले वार्ता र वैठकका नामका यिनका स्वार्थ र आफ्ना मालिकका लागि लडदैछन् यी । देश, जनता कतै छैनन् । सरकार यिनकै बन्छ । प्रधानमन्त्री देउवा नै हुन् । काँग्रेसले राष्ट्रपति पनि छोडदैन । अन्तिममा हुने भनेको प्रचण्डले चिसो पानीले नुहाउने हो । माधवलाई दुईवटा मन्त्रलय दिएपछि फुरूक्क । अमेरिकाले गगन मार्फत नेपालमा खेल्न खोजेको । त्यो नभएपछि प्रचण्डलाई उचाल्दैछ । तर अमेरिकाको स्वार्थ चीन र भारत दुवैले नचाहादा गगन जस्तै प्रचण्ड पनि आउट हुन्छन् । ओलिलाई त अमेरिका र भारत दुवैले चाहादैनन किनकी उनी यिनका एजेण्ट बन्न त परै जावस हेपेको अवस्थामा तिनैलाई ललकारिदिन्छन् । भनेपछि प्रचण्ड एमालेसँग मिल्ने त ०% सम्भावना छ । सभामुख र अर्थको साथै अहिले लिएका महत्वपूर्ण मन्त्रालय र अर्को एक महत्वपूर्ण मन्त्रालय जस्तै गृह लिनको लागि प्रचण्डको बार्गेनिङ् हो यो सबै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर