विश्वप्रकाशको प्रस्ताव- रास्वपालाई पनि समेटेर २-२-१ अनुसार अघि बढौं – Nepal Press

विश्वप्रकाशको प्रस्ताव- रास्वपालाई पनि समेटेर २-२-१ अनुसार अघि बढौं

यस्ता छन् शर्माका ७ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा शीर्ष तहमा भएका सहमतिअनुसार तीन नेताहरूबीचको आलोपालोलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एक्लो बहुमतमाझ हामी कसैसँग छैन । गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौं । २-२-१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’

एक्लो बहुमत कसैको नआएको भएकाले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गर्न आग्रह गरेका छन् ।

उनले गठबन्धन जोगाउँदै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि गठबन्धनमा जोड्न आग्रह गरेका छन् । रास्वपाले प्रतिनिधिसभामा २० सीट जितेर चौथो शक्ति बनेको छ ।

यी हुन् महामन्त्री शर्माका सात सुझाव

गठबन्धन टुट्नु हुन्न

रास्वपा गाँसेर जानु तर्कपुर्ण

संसद ५ वर्ष टिकाउन साझा अपनत्व

लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र

रुपान्तरण अनुभुती हुने सुशासनको सूत्रबद्ध योजना

सत्तामा अनुभवी र नयाँको संयोजन

राज्यको डेलिभरी क्षमता वृद्धिमा टीम स्पीरिट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर