बालुवाटारमा देउवा-प्रचण्डको ‘वान टु वान’ छलफल – Nepal Press

बालुवाटारमा देउवा-प्रचण्डको ‘वान टु वान’ छलफल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्णायक छलफल सुरू भएको हो ।

दुई नेताबीच ‘वान टु वान’ वार्ता भइरहेको छ ।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताएका थिए ।

निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुगेका हुन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर