देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस् – Nepal Press

देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस्

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेता विमलेन्द्र निधीले पहिलो चरणमा प्रधानमन्त्री दिन नसक्ने र राष्ट्रपति पनि छाड्न नसकिने भएको भन्दै प्रचण्डलाई गठबन्धनमै रहन आग्रह गरेको स्रोतले बताएको छ ।

बिहान खुमलटार पुगेका निधिलाई प्रचण्डले प्रधानमन्त्री त्यागेर गठबन्धनमा बस्न नसकिने सुनाएका छन् । लगत्तै शीर्ष नेतासँग छलफल गरेर प्रचण्ड देउवालाई पार्टीको बटमलाइन सुनाउन बालुवाटार लागेका छन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

कांग्रेसको उक्त सन्देशपछि प्रचण्डले देउवासँग निर्णायक छलफल गर्न लागेको नेता शक्ति बस्नेतले नेपाल प्रेसलाई बताए ।

देउवाले दुई दिनअघिदेखि नै रामचन्द्र पौडेल, प्रकाशमानलगायतका नेता लगाएर प्रचण्डलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका थिए ।

 

प्रतिक्रिया

One thought on “देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस्

  1. अबको प्रधानमन्त्री माओबादी बाट र राष्ट्रपती एमाले बाट हुनु पर्छ । राष्ट्रको सर्बोच्च सम्माननिय राष्ट्रपति र उपराष्ट्रपति पदमा खस-बाहुन, मधेसी, जनजाति, महिला बर्ग/समुदायबाट पुगिसकेका छन । अब भने आर्थिक, सामाजिक, सान्स्कृतिक र राजनीतिक रूपमा सबैभन्दा सीमान्तकृत, उपेक्षित र उत्पीडितको रूपमा रहेको दलित समुदायलाई राष्ट्रपति वा उपराष्ट्रपति पदमा राखेर सम्मान गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर