प्रकाश सपुत र लक्ष्मी आचार्यको देउडा गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक (भिडियो) – Nepal Press

प्रकाश सपुत र लक्ष्मी आचार्यको देउडा गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक प्रकाश सपुत र गायिका लक्ष्मी आचार्यको देउडा गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ । सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीको भिडियोमा पनि गायक सपुत र गायिका आचार्यको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत देउडा गायक नरेन्द्रराज रेग्मीका हुन् ।

गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायाङ्कन नवराज उप्रेती, सम्पादन प्रवीण भट्ट, सह–निर्देशन विशाल घिमिरे र एरेञ्ज, मिक्सिङ्क र सम्पादन श्यामश्ववेत रसाइलीको  छ। आचार्यले गीतको भिडियो आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

गायक प्रकाश सपुतले सुदूरकै कलाकारले जस्तै गरी गीत गाउन नसके पनि आफुले पहिलो पटक देउडा गीत गाएको भन्दै एउटा कोशिस र सांस्कृति सहिष्णुता सम्झेर स्विकार्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘दोहोरी साझमा कार्यरत रहदा सबै खालका गित गाईयो । त्यहि बेला जानिनजानी देउडामा दोहोरी पनि खुब खेलीयो तर यसरी अफिसियल रेकर्ड भने भएको थिएन । यसपाली अग्रज नरेन्द्रराज रेग्मी ज्युको संकलन रहेको “लाईहेल कालो टिको” गीतलाई गायिका लक्ष्मी आचार्यले रि रेकर्ड गराई मलाई आवाज भर्ने अवसर दिनु भएको छ । सुदुरकै कलाकारले गाए जस्तो त पटक्कै नहुने रहेछ । यसलाई एउटा कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्विकारीदिनु होला ।’

सुदूरपश्चिमको लोक भाकालाई नयाँपन दिँदै गीत तयार गरिएको गायिका आचार्यले नेपाल प्रेससँग बताईन । उनका अनुसार नयाँ पुस्ता आफ्नो मौलिकता जोगाइराख्न जागरुक बनून् भन्ने उद्देश्यसहित गीत ल्याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *