देउवामाथि सांसदहरुको दबाब : पहिलो दलको हैसियतले प्रधानमन्त्री छाड्न मिल्दैन – Nepal Press

देउवामाथि सांसदहरुको दबाब : पहिलो दलको हैसियतले प्रधानमन्त्री छाड्न मिल्दैन

काठमाडौं । सत्तागठबन्धनको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरुसँग छलफल गरेका छन्।

गठबन्धनको सरकार निर्माणमा जुटेका देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि सांसदहरुलाई बोलाएका हुन्।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि बेलुका सकिँन लाग्दा गठबन्धनले प्याकेजमा भागबण्डा मिलाउन खोजेको छ। तर, आलोपालोको सहमति भएपनि पहिलो कार्यकाल प्रधानमन्त्री देउवा या प्रचण्ड भन्ने छिनोफानो हुन सकेको छैन।

देउवाले छलफलका लागि बोलाएका सांसदहरुले पहिलो दलको हैसियले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दबाब दिएका छन्। बालुवाटार पुगेका सांसदहरुले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव दिएको सांसद चन्दा चौधरीले बताइन्।

सांसदहरुको मागपछि देउवाले गम्भीरतापूर्वक लिएको जवाफ दिएको उनले बताइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ ।

अहिले भागबण्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। गठबन्धन सरकार पहिलो चरणमा प्रधानमन्त्री नछाड्ने प्रचण्डको अडानपछि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्कालाई खुमलटार पठाएका थिए। तर, प्रचण्ड अडानबाट टसमस भएनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर