बालुवाटारमा गठबन्धन बैठक सुरु – Nepal Press

बालुवाटारमा गठबन्धन बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको छ । बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्न बैठक बसेको हो ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत राख्न जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर