देउवालाई भेट्न कांग्रेस सांसदहरू बालुवाटारमा, दिए यस्तो सुझाव (भिडिओ) – Nepal Press

देउवालाई भेट्न कांग्रेस सांसदहरू बालुवाटारमा, दिए यस्तो सुझाव (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरूले पार्टी सभापति शेर बहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।

शनिवार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग छलफल गर्दै उनीहरूले अहिलेको अवस्थामा गठबन्धनभित्रबाटै सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन् ।

निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अबको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन्। उनले निर्वाचनमा जाँदा गठबन्धनसँगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफूहरूको जोड रहेको बताइन् ।

छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारी पूर्वक छलफल भइरहेको जानकारी गराएका थिए । आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर