नेपाल टी–२० लिग सुरु : पहिलो खेलमा काठमाडौं र पोखरा खेल्दै (तस्बिरहरु) – Nepal Press

नेपाल टी–२० लिग सुरु : पहिलो खेलमा काठमाडौं र पोखरा खेल्दै (तस्बिरहरु)

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने आधिकारिक क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सनिबार बिहानदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

जारी खेलमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ । पोखराका कप्तान सरद भेसावकरले टस जितेर फिल्डििङ रोजेसँगै ज्ञानेन्द्र मल्लका कप्तानीमा रहेको काठमाडौं ब्याटिङमा उत्रिएको छ ।

काठमाडौंले १३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ७९ रन जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर