चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक, पुस २९ गतेबाट देशभर रिलिज – Nepal Press

चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक, पुस २९ गतेबाट देशभर रिलिज

काठमाडौं । पुस २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेम, बिछोड र बदलाको कथा बोल्ने ४५ सेकेन्डको ट्रेलरमा तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितमबाहेक सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने, आदि लगायतका कलाकारको अभिनय छ ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले निर्देशन गरेको यो पहिलो चलचित्र हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए।एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *