ज्ञापनपत्र लिएर डिभिजन वन कार्यालयमा पुगे हर्क साम्पाङका समर्थक – Nepal Press

ज्ञापनपत्र लिएर डिभिजन वन कार्यालयमा पुगे हर्क साम्पाङका समर्थक

विराटनगर । साबुन फ्याक्ट्री निर्माणको काम तत्कालका रोक्न अदालतले आदेश दिएपछि बिष्णुपादुका डिभिजन वन कार्यालय धरानमा मेयर हर्क साम्पाङका सर्मथकहरुले ज्ञापनपत्र बुझाएका छन् ।

धरानमा रोजगारी र उत्पादन उपलब्ध गराँई पाँउ भन्दै धराने जनता र श्रमदाताका तर्फबाट ज्ञापन पत्र बुझाइएका हो । सहायक डिभिजन बन अधिकृत बिक्रम अमात्यले रोजगारी माग गर्दै ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

ज्ञापनपत्रमा धरानमा बन्न लागेको सावुन फ्याक्ट्री निर्माणको काम रोक्न डिभिजन बन कार्यालयले हालेको रिट विकास विरोधी भएको उल्लेख छ । वन क्षेत्र भित्र धराने सावुन फ्याक्ट्री निर्माण गरेको भन्दै वन कार्यालयले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । रिट उपर सुनुवाई गर्दै उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गर्दै धरान उप महानगरका मेयर हर्क साम्पाङलाई सावुन फ्याक्ट्रीको काम रोक्न आदेश दिएको थियो ।

उच्च अदालतका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासको आदेशमा धरान९२० को नमुना टोलमा भइरहेको साबुन उद्योग निर्माण कार्य रोक्नुपर्ने उल्लेख छ । वन कार्यालयले यसअघिकै वनको क्षेत्राधिकार भित्र रहेको जग्गा अतिक्रमण गर्दा आवश्यक प्रक्रिया पुरा गर्न अनुरोध गरेको थियो ।

जलकन्या सामुदायिक वन उपभोक्ता समूहको जग्गा भएको र वन ऐन २०७६ को दफा २ को खण्ड (त) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा(४) को खण्ड (ङ) विपरीत वन संरक्षण एवम् वातावरणीय न्यायका दृष्टिले कानुन तथा न्याय सङ्गत नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट भोगाधिकार नपाएसम्म वा मुद्दाको अन्तिम फैसला नभएसम्म कुनै पनि नगर्न नगराउन आदेश जारी गरिएको छ । मेयर साम्पाङले धरानलाई साबुनमा आत्मनिर्भर बनाउने र रोजगारी सृजना गर्ने काममा कसैको अनुमति नचाहिने अभिव्यक्ति दिएका थिए ।

अदालतको आदेश आएसँगै मेयर साम्पाङले धराने साबुन फ्याक्ट्री निर्माण गर्न नदिने स्टे अर्डर जारी गरे। वन विभाग र पार्टी लागे धरानको उत्पादन र रोजगारी रोक्न भन्दै समाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर