नेपाल टी-२० लिगको यस्तो छ नयाँ तालिका, फाइनल जनवरी ११ मा – Nepal Press

नेपाल टी-२० लिगको यस्तो छ नयाँ तालिका, फाइनल जनवरी ११ मा

काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटको संशोधित खेल तालिका सार्वजनिक भएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल जनवरी ११ तारिखमा हुनेछ ।

कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । यसअघि प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै एक दिन सारिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर