सीके राउतको शपथ विवादमा, आफ्नै क्षेत्रमा जलाइयो पुत्ला – Nepal Press

सीके राउतको शपथ विवादमा, आफ्नै क्षेत्रमा जलाइयो पुत्ला

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ मधेशी भाषामा लिएपछि विवादमा तानिएका छन् ।

राउत सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले शपथ लिएको मधेशी भाषाको कुनै दस्तावेज नरहेको भन्दै विरोध सुरु भएको हो ।

मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, आईलभ मिथिला डटकमका अध्यक्ष विद्यानन्द यादव र मिलाफका अध्यक्ष रमिला शाहले प्रेस विज्ञप्ति जारी गरेर राउतको विरोध गरेका हुन् । मधेशी भाषाको विरोधमा उक्त संस्थाका पदाधिकारीहरुले उनको पुत्लासमेत जलाएका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भाषाको सूचिमा मधेशी भाषा कतै उल्लेख छैन । मधेशी भाषामा लिएको शपथ अबैध हो । राउतले मैथिली भाषीको अपमान समेत गरेका छन् ।’

डा. राउतको शपथ खारेज गरी पुनः शपथ नगराए संघीय संसद सचिवालय कडा आन्दोलन गर्ने उक्त संस्थाका पदाधिकारीले चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर