पाँच महिनामा व्यापार घाटा करिब ६ खर्ब, मंसिरमा मात्रै १ खर्ब ३२ अर्बभन्दा बढी बाहिरियो – Nepal Press

पाँच महिनामा व्यापार घाटा करिब ६ खर्ब, मंसिरमा मात्रै १ खर्ब ३२ अर्बभन्दा बढी बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । यो समयमा मुलुकमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको मालवस्तु भित्रिएका छन् भने निर्यात भने ६७ अर्ब रुपैयाँको मात्र भएको छ ।

यो सँगै नेपालको वैदेशिक व्यापार ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ घाटामा पुगेको भन्सार विभागले जनाएको छ । आयात अघिल्लो वर्षको यसै अवधिको तुलनामा २०.७१ प्रतिशतले घटेको छ भने निर्यात ३४.६१ प्रतिशतले घटेको छ ।

चीनबाट ९४ अर्ब ५८ करोड रुपैयाँको आयात हुदा भारतबाट सबैभन्दा धेरै ४ खर्ब बढीको आयात भएको छ । मंसिर महिनामा मात्र आयातका नाममा मुलुकबाट १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ ।

सरकारले आयात प्रतिबन्ध लगाए पनि नेपालबाट आयातका नाममा खर्बौ रुपैयाँ बाहिरिएको छ । यद्यपि पुस १ बाट प्रतिबन्धित सबै आयात खुलिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *