उद्योगीको कार्यक्रममा गृहमन्त्री खाणले भनेः तत्काल ब्याजदर नघटाए सरकारले हस्तक्षेप गर्न बाध्य हुनेछ – Nepal Press

उद्योगीको कार्यक्रममा गृहमन्त्री खाणले भनेः तत्काल ब्याजदर नघटाए सरकारले हस्तक्षेप गर्न बाध्य हुनेछ

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले बढ्दो ब्याजदर बैंक तथा वित्तीय संस्थाले सन्तुलनमा ल्याउन नसके सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्ने बताएका छन् । कोरोना महामारीले थला परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा बढाइएको ब्याजदरले थला पारेको बताउँदै उनले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्नुपर्ने अवस्था नल्याउन आग्रह गरे ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै खाणले उद्योगी व्यवसायीको अवस्था सुदृण नभए सबै क्षेत्र प्रभावित हुने बताउँदै बैंक तथा वित्तीय संस्थाहरुलाई गम्भीर बन्न आग्रह गरे ।

बैंकको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरु मारमा परेको बताउँदै उनले त्यसको केही समयपछि झन ठूलो संकट वित्तीय क्षेत्रले भोग्नुपर्नेतर्फ सचेत गराए । पछिल्लो पटक देखिएको आर्थिक मन्दीमा बैंक तथा वित्तीय संस्थाहरु अझ बढी गम्भीर र संवेदनशील बन्नुपर्ने बताउँदै उनले उद्योगी र व्यवसायीहरुले ऋण र व्याज तिर्न नसक्ने अवस्था आयोभने त्यसको गम्भीर असर बैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने तर्फ सचेत गराउएका छन् ।

समस्या समाधानका लागि साझा अबधारणाकासाथ अघि बढ्नुपर्ने र सरकारले त्यसमा साथ दिने बताउँदै गृहमन्त्री खाणले ‘उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्ने सबैको साझा दायित्व भएको बताए । ‘नेपालको आर्थिक गतिलाई गतिशिलता प्रदान गर्ने, सम्पूर्ण शक्तिलाई नेपालको आर्थिक गतिलाई नै केन्द्रिकृत गर्नेमा केन्द्रित रहने छ, सरकारले समन्वय गरेर अगाडि बढ्ने छ’– खाणले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *