नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा सम्पन्न भयो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ – Nepal Press

नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा सम्पन्न भयो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’

काठमाडौं ।अष्ट्रेलियाको सिड्नीमा आयोजित ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । सिड्नीमा आयोजित उक्त शो अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको हो।

नेपाली डिजाइनर रोविन परियारले तयार पारेको नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प वाक गरेका थिए । नेपाली पोशाकलाई अन्र्तराष्ट्रि स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको सञ्चालक सन्तोष अधिकारीको दाबी छ । कोरोना महामारीपछि पहिलो पटक आफुले ठुलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाई छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निक्कै मन परेकाले अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् ।

सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाली कला र संस्कृतीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको छ ।

यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्माता समेत हुन । सन्तोषले दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’मा सह निर्माता र अर्पण थापा निर्देशित सिनेमा ‘तीन जन्तु’मा निर्माताको रुपमा काम गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *