वेथ मेडले जितिन् २०२२ को ‘उत्कृष्ट खेलकुद व्यक्तित्व’ अवार्ड – Nepal Press

वेथ मेडले जितिन् २०२२ को ‘उत्कृष्ट खेलकुद व्यक्तित्व’ अवार्ड

काठमाडौं । इङल्यान्डकी फरवार्ड वेथ मेड बीबीसी स्पोर्टस् उत्कृष्ट खेलकुद व्यक्तित्व २०२२ को अवार्ड जितेकी छन् ।

महिला युरो २०२२ को उपाधि इङल्यान्डले जित्दा मेडको पदर्शनले महत्वपूर्ण भूमिका खलेको थियो । उनी युरो २०२२ को सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । प्रतियोगिताभरि ६ गोल गरेकी मेडले ‘गोल्डेन बुट’ जितेकी थिइन् ।

२६ वर्षीय मेड बीबीसीको उत्कृष्ट खेलकुद व्यक्तित्व अवार्ड जित्ने पहिलो महिला खेलाडी हुन् ।

सर्वजानिक भोटिङबाट उत्कृष्ट चुनिएकी मेडले इङल्यान्डका टेस्ट कप्तान बेन स्ट्रोक र विन्टर ओलम्पिकमा ग्रेट ब्रिटेनलाई स्वर्ण दिलाएका इभ मियोरहेडलाई पछि पारिन् ।

अवार्ड जितेपछि मेडले भनिन्,‘ म केहिबेर निशब्द भए । यो अवार्ड जित्न पाउँदा म असाध्यै खुसी छु । मेरो टिम बिना म यो जित्नका लागि सफल हुने थिइन । मेरो टिमले मलाई हौसला दिएको छ । हो पक्कै पनि मैले केहि गोल गरेको छु । यो अवार्ड जितको छु, तर मेरो टिममेटबीना यो सम्भब थिएन’ ।

‘यो मेरो जित महिला खेलकुदका लागि हो । यसले महिला खेलकुद सही दिशामा अघि बढीरहेको छ भन्ने सन्देश दिन्छ,’ उनले थपिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर