तस्बिरमा यस्तो देखियो संसदमा शीर्ष नेताहरूको इन्ट्री – Nepal Press

तस्बिरमा यस्तो देखियो संसदमा शीर्ष नेताहरूको इन्ट्री

काठमाडौं । प्रतिनिधिसभाका सदस्यको पद तथा गोपनीयताको शपथका लागि सांसदहरू पुग्ने क्रम चलिरहेको छ । नवनिर्वाचित सांसदहरूको पहिलो दिन भएकाले आजको बैठकमा फरक दृष्य देखिएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेता आइसकेका छन् ।

तर, राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने केही शीर्ष नेता भने यो पटक संसदमा देखिएका छैनन् ।

नेकपा एसका सम्मानित नेताल झलनाथ खनाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, माओवादीका महासचिव देव गुरुङलगायतका शीर्ष यो चुनावमा पराजित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर