जनताबाट निर्वाचित भइसकेपछि व्यक्तिगत र दलगत स्वार्थमा लाग्न मिल्दैन : मोहन बस्नेत – Nepal Press

जनताबाट निर्वाचित भइसकेपछि व्यक्तिगत र दलगत स्वार्थमा लाग्न मिल्दैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद मोहनबहादुर बस्नेतले अब राजनीतिक आन्दोलन नभएर देश र जनताको समृद्धिमा लाग्नुपर्ने बताएका छन्।

शपथग्रहणका लागि संसद् भवनमा पुगेका बस्नेतले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनताबाट निर्वाचित भइसकेपछि अब व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताए।

उनले भने, ‘अब जनताबाट निर्वाचित भइसकेपछि अब सांसदहरू व्यक्तिगत र दलगत स्वार्थ भन्दामाथि उठेर देशको विकासका लागि सक्रिय हुनुपर्छ। त्यो हुन नसके राजनीतिक वितृष्णा पैदा हुनसक्छ। पहिला पनि यो स्थिति देखा नपरेको होइन। अहिलेको निर्वाचनमा त्यसको परिणाम केही देखिएको छ।’

सांसदहरूले देश र जनताको पक्षमा कानुन बनाउनका साथै विकास निर्माण पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए।

संविधानअनुसार संसद्लाई नै प्रयोग गरेर अगाडि बढ्नुपर्नेमा कुनै दुबिधा नभएको बताए। नीति र निर्माणमा आफूहरू संवेदनशील भएर लाग्नुपर्ने उनको भनाइ छ।

पार्टीको शीर्ष नेताहरू पनि अब सक्रिय भएर देश निर्माणमा लाग्नुपर्ने बताए। अहिलेको संविधान तुलनात्मक रूपमा राम्रो भएकाले कार्यान्वयनमा लाग्नुको विकल्प नभएको बताए।

उनले भने, ‘अब राजनीतिक आन्दोलनमा लाग्नुपर्ने अवस्था छैन। जनताको समृद्धिका लागि लाग्नुपर्ने समय हो। त्यसका लागि उपयुक्त कानुन बनाएर देश निर्माणमा लाग्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर