सांसदहरूको शपथअघि सर्वदलीय बैठक जारी – Nepal Press

सांसदहरूको शपथअघि सर्वदलीय बैठक जारी

काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहण अगाडि बोलाइएको सर्वदलीय बैठक जारी छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरू भएको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बसिरहेको छ ।

बैठक आरम्भ गर्न पाउँदा अत्यन्तै खुसी भएको भन्दै जबराले भने, ‘यो सुरूवातले ५ वर्ष कसरी चल्छ भनेर बसाउँछ । मुलुक संसदको बनावटबाट चल्छ । यो अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन सकिन्छ । त्यसैले सबैलाई एकजुट बनाएर अगाडि बढाउनुपर्छ ।’

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक/एकजना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरू सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर