प्रतिनिधिसभातर्फ अघि बढेका पहिलो पाइला (तस्बिरहरू) – Nepal Press

प्रतिनिधिसभातर्फ अघि बढेका पहिलो पाइला (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा एक समारोहका बीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई शपथ गराउनेछन् ।

शपथ गराएलगत्तै सांसदलाई संसद लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्रका साथ संसद भवन पुगिसकेका छन् । केही सांसदहरूले मातृभाषामा शपथका लागि आफ्नो नाम टिपाइसकेका छन् । उनीहरू परम्परागत भेषभुषामा सजिएर संसद भवन पुगेका छ्न् ।

हेरौं अबको ५ वर्षका लागि संसदभवनतर्फ अघि बढेका नवनिर्वाचित सांसदहरूको पहिलो पाइला:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर