महेन्द्रलाई साथ लिएर देउवाकहाँ पुगे बाबुराम – Nepal Press

महेन्द्रलाई साथ लिएर देउवाकहाँ पुगे बाबुराम

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न बाबुरामसँग नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादव पनि बालुवाटार पुगेका थिए।

संसदीय दलको नेता निर्वाचित भएपछि देउवालाई नेसपाको तर्फबाट बधाई तथा शुभकामना दिन बालुवाटार पुगेका अध्यक्ष भट्टराईले बताएका छन्।

भेटमा आगामी सरकार गठन, चुनावी समिक्षा लगायतको बिषयमा पनि छलफल भएको बुझिएको छ। माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेको नेसपाले प्रतिनिधि सभामा एक सीट जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर