मेसी अझै एक वर्ष पिएसजीमा रहने – Nepal Press

मेसी अझै एक वर्ष पिएसजीमा रहने

काठमाडौं । विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नवीकरण गर्ने भएका छन् । मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो । मेसीले आफ्नो खेल जीवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए ।

३५वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन् । मेसी सन् २०१५ पछि च्याम्पियन्स लिग उपाधि जित्ने योजनामा छन् । बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोही अवस्था सिर्जना गर्न चाहन्छन् ।

अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्‍यालीमा समावेश छन् । उनी अझै केहि साता अर्जेन्टिनामै रहन सक्छन् ।

मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । पिएसजी अध्यक्ष नासिर अल खेलाफि र स्पोर्टस् डाइरेक्टर लुइस काम्पोस तयार अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर