रुस-युक्रेन युद्धपछि जेलेन्स्की पहिलोपटक अमेरिका जाँदै – Nepal Press

रुस-युक्रेन युद्धपछि जेलेन्स्की पहिलोपटक अमेरिका जाँदै

काठमाडौं । रुस युक्रेन युद्द सुरु भए यता युक्रेनका राष्ट्रपति पहिलो पटक आज अमेरिका पुग्दै छन् । अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार उनले अमेरिका पुगेर समकक्षी जो बाइडेनसँग भेट वार्ता गर्ने छन् भने युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सांसदका दुवै सदनलाई संयुक्त संबोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसो त जेलेन्स्कीले गत मार्चमा पनि भर्चुअल माध्यमबाट अमेरिकी सदनलाई संबोधन गरेका थिए यद्यपी युद्द सुरु भए यताको यो पहिलो भौतिक भ्रमण भएको कारण यस भेटलाई विशेष चासोका साथ हेरिएको छ ।

रुसी हमलाको सुरुवातदेखि नै युक्रेनको पक्षमा रहेको अमेरिकाले आजको भेटवार्तापछि युक्रेनको समर्थनमा थप उल्लेखनीय सहयोगको घोषणा गर्ने विश्व समुदाय अनुमान रहेको छ । गत साता मात्र युक्रेनलाई थप ४५ अर्ब डलर सहयोगको घोषणा गरेको अमेरिकाले हालसम्म १०० अर्ब डलर भन्दा बढी युक्रेनलाई सहयोग गरिसकेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा गत नोभेम्बरमा भएको मध्यावधि चुनावमा हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूको बहुमत आएपछि युक्रेनलाई अमेरिकाले दिँदै आएको सहयोगमा कमी आउन सक्ने भएकाले सदनको नयाँ कार्यकाल सुरु हुन अगावै जेलेन्स्की अमेरिका पुगेको पनि केही विज्ञहरुको अनुमान छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *