संसारका ५० महान् अभिनेताको सूचीमा परे शाहरुख – Nepal Press

संसारका ५० महान् अभिनेताको सूचीमा परे शाहरुख

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान प्रतिष्ठित ब्रिटिश म्यागजिन ‘एम्पायर’ ले जारी गरेको ‘अल टाइम ५० ग्रेटेस्ट एक्टर्स’ अर्थात संसारको ५० महान् अभिनेताको सूचीमा परेका छन् ।

उनी म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको उक्त सूचीमा पर्ने एकमात्र भारतीय नागरिक हुन् ।

५७ वर्षीय अभिनेतालाई समावेश गरिएको म्यागजिनको सूचीमा डेनजल वासिङ्टन, टम ह्याक्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप, ज्याक निकोल्सन, आदि जस्ता धेरैहलिउड दिग्गजहरू रहेका छन् ।

सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *