एनआइसी एशियाका सेयरधनीको हात खाली – Nepal Press

एनआइसी एशियाका सेयरधनीको हात खाली

काठमाडौँ । एनआइसी एशिया बैंकले यो वर्ष आफ्ना सेयरधनीको हात खाली बनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको मङ्गलवार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । त्यो भन्दा अघिल्लो वर्ष भने २० प्रतिशत लाभांश दिएको थियो । सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश हुनेछ ।

तोकिएको पुँजी कोष कायम राख्न नसक्दा बैंकले लगातार दुई आर्थिक वर्ष लाभांश वितरण गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *