नेपाल सुपर लिग अर्को वर्ष, एन्फासँग १७ करोडको सम्झौता – Nepal Press

नेपाल सुपर लिग अर्को वर्ष, एन्फासँग १७ करोडको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ८ वर्षका लागि १७ करोड २१ लाखको सम्झौता गरेसँगै नेपाल सुपर लिग (एनएसएल) अर्को वर्ष हुने भएको छ ।

मंगलबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि अध्यक्ष अश्रयता कार्की चौधरीले एक कार्यक्रमबीच एन्फा महासचिव किरण राईलाई पहिलो सिजनका लागि १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी हुन् ।

एन्फाले ८ वर्षभित्र सबै रकम प्राप्त गर्नेगरी आयोजकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

एन्फासँग १७ करोडको सम्झौता भएसँगै आगामी वर्षको असोज/कात्तिकमा एनएसएलको दोस्रो संस्करण हुने एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले नेपाल प्रेससँग भने ।

‘यो वर्ष चाहिँ प्रतियोगिता हुन सकेन । सम्झौता नै गरिसकेपछि अब कुनै रोकावट हुँदेन होला भन्ने आशा गरेका छौं,’ उनले भने ।

गत वैशाख/जेठमा आयोजना मिति तय भएको एनएसएल प्रतियोगिता एन्फा र ए डिभिजन लिग क्लबसँगको विवादका कारण स्थगित भएको थियो ।

कोरोना महामारीबीच पहिलो संस्करण बन्द रंगशालामा सफलतापूर्वक सम्पन्न गरिएको थियो । दोस्रो संस्करणका लागि खेलाडी अक्सन र टीम घोषणा भइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर